- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 10 October 2013

केहि केस्राहरु:- ७[२०१३]

केहि केस्राहरु - व्योम जी,प्रनिल चापागाईं र मृत निर्मल 

'सामन्त"

घिउ पनि खायौ
जिउ पनि लायौ

सोझा साझा मार्ने
निउ पनि पायौ

बिउ पनि खायौ'

लिउ [लेउ] पनि छायौ।
०८-०९-२०१३ 
- व्योम जी 'अवतार'  
दाङ्ग 
[प्रयुक्त केस्राको प्रत्येक अनुप्रासको अघिल्ल्तिर "पनि" शब्दको पुनारावृति भएकोले उक्त केस्रा "आवृति केस्रा"अन्तर्गत पर्दछ ।]

******    ****   ******
"निष्ठुरी"

उसले माया अन्तै साटीछे
अर्कै दिलमा बस्न आटीछे

संगै जिउने वाचा गर्ने त्यो
निष्ठुरीले मलाई ढाटीछे

चोखो प्रीत त अन्तै साटीछे
थाहा नपाई नेटो काटीछे।
२९-०८-२०१३ 
- प्रनिल चापागाईं 
शिवगंज-७,झापा 
***    ****   *****  *****

"परिवर्तन"

सुतेकालाई गयौ चड्काएर
बटुवालाई चाँही अड्काएर

भाषण दिएको रै'छौ तिमीले
जाँसुकै बम-गोला पड्काएर

सहिदहरुलाई चड्काएर
क्रान्तिमा शान्ति सबै भड्काएर। 
२९-०७-२०१३
- मृत निर्मल 
हाल मलेसिया

No comments:

Post a Comment